Logo

समाचार

गरिब जनताको निःशुल्क उपचार गरिदिने डा.सुनिल शर्माकाे घोषणा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले देशभरका गरिब जनताको निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् ।

बागलुङको बागलुङ नगरपालिका वडा –१४ मा आयोजीत निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् ।

सांसद शर्माको पहलमा देशका विभिन्न जिल्लामा अहिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । काठमाडौँ मेडिकल कलेजको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको हो ।

डा.शर्मा आफै गाउँ गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविरमा खटिइरहेका छन् । डा.शर्मा निःशुल्क स्वास्थ्य शिविर देशैभर सञ्चालन गर्ने अभियानमा छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : २८ बजे