Logo

समाचार

चैते दशैं मेला बैशाख २ गतेदेखि



पोखरा । स्याङ्जाको फेदीखोलामा रामनवमी तथा चैते दशैं मेला हुने भएको छ । हिम शिखर क्लबको आयोजना तथा फेदीखोला गाउँपालिकाको प्रवद्र्धनमा आउदो बैशाख २ गतेदेखि फेदीखोला रंगशालामा मेला हुने बताइएको छ ।

चार दिनसम्म चल्ने मेलामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ । मेलाको मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए ।

गुरुङका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भेट्रान्स तर्फ प्रथम हुने टिमलाई बोको र दोस्रो हुने टिमलाई कुखुराको भाले राखिएको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।

मेलामा ख्याती प्राप्त लोक दोहोरी कलाकारबाट प्रस्तुती, साँस्कृतिक कार्यक्रम तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले बताए ।

मेला सम्पन्न गर्न कुल १२ लाख खर्च लाग्ने क्लबले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : ०५ बजे