Logo

मुख्य समाचार

लुम्बिनीमा अर्को व्यवस्था नभएसम्मका लागि चौधरी मुख्यमन्त्री


२३ चैत्र २०८०, शुक्रबार  

46
Shares

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोक्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भूमीश्वर ढकालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ०९ बजे