Logo

अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९र८० को साधारण सभा सम्पन्न गरेको छ । सभा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षण विवरण प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले यस बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

हाल बैंकले २९६ शाखा, २८२ एटीएम, १६ राजस्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : ०६ बजे