Logo

अर्थ

सुन ताेलामा चार सय रुपैयाँले घट्याे, चाँदीकाे बढ्याे



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेर र चाँदीकाे मूल्य बढेर कारोबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ताेलामा ४०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजाार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ११ : ३३ बजे