Logo

मुख्य समाचार

‘न्यायपालिकाले भागबन्डाको आधारमा निर्णय गर्नु दुखद्’



काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले न्यायपालिकामा नियुक्ति भागबन्डाको.आधारमा भइरहेका भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् कुरा रहेको बताए ।

उनले वर्षौ देखि भ्रष्टाचारको मुद्दा,देशको राजस्वसँग जोडिएको विषयलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिनुमा राजनीतिक प्रभाव रहेको आरोप लगाए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : ३४ बजे