Logo

खेलकुद

टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने



काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी टी–२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ । खेल दिउँसो १ बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँगे २१ रनले पराजित भयो ।

हिजो नेपालमा लोकश बमको सतकिय पारिका बाबजुद पनि नेपाल पराजित भएको थियो । बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकिय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन ।

शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।

सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्याण्डलाई हराउनै पर्ने दबाबमा छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : १५ बजे