Logo

धर्म / संस्कृति

आजको राशिफल



आजको राशिफल

मेष (चु चे चो ला लि लु ले लो अ)

पारिवारिक जमघट हुनेछ । कठिन काम पनि पूरा हुनेछ । यात्रा आरामदायी हुनेछ । परिवारमा भने सामान्य मतभेद हुनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज तपाईंको शत्रुले दुःख दिनेछन् । धन खर्च हुनेछ । लिनदिनमा सतर्कता अपनाउनुहोला । यात्रा केही कष्टकर होला । 

मिथुन (का कि कु घ ङ छ के को ह)

सन्ततिको खुसीले आनन्दित बनाउने छ । धनप्राप्तिको योग रहेकोछ । आयआर्जन राम्रो होला । शारीरिक थकान भने हुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईंंको आज किनमेलमा समय जानेछ । आमाबुबाको सुझाव उपयोगी सिद्ध हुनेछ । मित्रसँगको भेटघाटले मनोरञ्जनका साथ दिन बित्नेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

बन्धुवर्गले तनाव देलान् । आज खर्चिलो दिन होला । बसेको स्थान छोड्नु पर्नेछ । पराक्रम भने बढ्नेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज तपाईंको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन शरीरमा स्पूmति,काममा जाँगर आउँनेछ । सुखद् अनि परिवारिक यात्रा हुनेछ । धनागमनको योग रहेको छ ।   

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको संघर्षमय रहनेछ । शत्रुहरु जुर्मुराउनेछन् । सोचेभन्दा बढी खर्च हुने देखिन्छ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

आजको दिन तपाईँलाई लाभ हुनेछ । कसैसँग उठ्न बाँकी रकम उठ्नसक्छ । सबैलाई तर्कले परास्तगर्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथ काम गरिनेछ । नयाँ जोश र जाँगर रहनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा)

आज भाग्योदयको दिन रहनेछ । गरेको कामबाट अपेक्षित सफलता पाइनेछ । धर्मतिर मन जानेछ । मान सम्मान पाइएला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

शारीरिक दुःख हुनेछ । चोटपटकको समभावना पनि देखिन्छ । आयभन्दा व्यय नै बढी रहेको छ । तपाईँको मनमा  अनावश्यक कुरा खेल्नेछन् । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : ३० बजे