काठमाडाैं । सुनसरीमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएकाे छ । देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा विवाद भएपछि नियन्त्रणमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।








प्रतिक्रिया