Logo

धर्म / संस्कृति

आजको राशिफल


१६ चैत्र २०८०, शुक्रबार  

138
Shares

काठमाडाैं । आज मिति २०८० चैत १६ गते, शुक्रबार २९ मार्च २०२४ । चैत्र कृष्णपक्ष चतुर्थी तिथि, १७ः३६ बजेपछि पञ्चमी। विशाखा नक्षत्र, १८ः१४ बजेपछि अनुराधा। चन्द्रराशि तुला, ११ः५६ बजेपछि वृश्चिक ।

मेष
विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।

वृष
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

मिथुन
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट
बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

सिंह
दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ। आँटेको काम रोकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

कन्या
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।

तुला
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्।

वृश्चिक
बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्।

धनु
बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ।

मकर
मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

कुम्भ
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।

मीन
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : ०७ बजे