Logo

Breaking News 1

ललितपुरमा दुईजनाको हत्या



काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् । घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ३६ बजे