Logo

Breaking News 1

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना



काठमाडाैं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदुरपश्चिमको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

मधेश प्रदेश सहित कोशी, बागमती, गण्डकी,  लुम्बिनी प्रदेशको पहाडी  र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका घेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा  तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : २७ बजे