Logo

मनोरञ्जन

‘अर्ध पागल’मा दुई साथीको द्वन्द्व



काठमाडौँ । अभिनेता अभयराज बराल निर्देशित फिल्म ‘अर्ध पागल’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । दुई मिल्ने साथी काठमाडौँदेखि लमजुङ घले गाउँसम्मको यात्रामा निस्कंदै गर्दा उनीहरु बीच आ–आफ्नो प्रेमिकालाई लिएर भएको मानसिक र शारीरिक द्वन्द्व फिल्ममा समेटिएको छ ।

फिल्मको पोस्टरमा पनि त्यसको झल्को दिइएको छ । फिल्ममा अभयराज बराल, प्रकाश भुजेल, ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, संगीता राई, दिक्षा ढकाललगायतको अभिनय छ ।

निर्देशक बरालले फिल्मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराइने बताए । फिल्ममा समर्पण रेग्मीको छायाङ्कन, सौरभ ढकालको क्रियटिभ निर्देशन र कृष्ण भण्डारीको सम्पादन छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ४३ बजे