Logo

Breaking News 1

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या



काठमाडाैं । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् ।

श्रीमती ४५ वर्षीया गीता लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बू धारिलो हतियारले आफ्नो घाँटी रेट्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेको छ । लिम्बूका ८ वर्षीय छोरालाई भने छिमेकीले थाहा पाएर हल्ला गरेपछि छोरा भाग्न सफल भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ९ : ०३ बजे