Logo

प्रवास

एनआरएनए अमेरिकाको मिडिया संयोजकमा सतीश चापागाईं



काठमाडौं । पत्रकार सतीश चापागाई एनआरएनए अमेरिकाको मिडिया संयोजकमा नियुक्त भएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले चापागाईलाई नियुक्त गरेका हुन् ।

पत्रकार चापागाई सन् २०१९–०२१ कार्यकालमा पनि मिडिया संयोजकका रुपमा नियुक्त भएका थिए । उक्त कार्यकालमा मिडियाहरुसंग राम्रो समन्वय राखेको एनआरएनए गतिविधि सदस्यहरु समक्ष प्रभावकारी रुपमा सम्प्रेषण गरेको भन्दै दोस्रो पटक पुनः जिम्मेवारी दिइएको अध्यक्ष बन्जाडेले बताएका छन् ।

नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक समेत रहेका चापागाई आफ्ना साहित्यिक सिर्जनाका कारण पनि चर्चामा रहन्छन् । सन् २००८ मा अमेरिका आएका चापागाई २०१४ देखि एनआरएनएमा आवद्ध छन् ।

नेपालमा झण्डै १२ बर्ष सक्रिय पत्रकारिता गरेका चापागाईले रेडियो नेपाल, नेपाल समाचारपत्र दैनिकलगायतका राष्ट्रिय र पाल्पा टाईम्स, जनसंघर्ष नवजनचेतना, गांउले देउराली, नेतृत्व साप्ताहिक लगायतका स्थानीय मिडियाहरुमा काम गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ०४ बजे