Logo

Breaking News 1

माओवादीको पदाधिकारी बैठकमा महराको विषयमा छलफल



काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउबारे बिफ्रिङ गरेका थिए । तर बैठकले महराबारे कुनै निचोड निकाल्न नसकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुखसमेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : ४८ बजे