Logo

धर्म / संस्कृति

बोधि श्रवणले मंगलबारदेखि विश्व शान्ति पदयात्रा गर्दै



काठमाडौं । बोधि श्रवण धर्म संघले आगामी मंगलबारदेखि विश्व शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय सदस्य मंगल महर्जनले पत्थरकोटमा यही चैत ६ देखि १२ गतेसम्म हुने विश्व शान्ति पदयात्रा तथा बोधि मार्ग दर्शन/भगवान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार पदयात्रा १९औं मैत्री दिवसका अवसरमा आयोजना गरिएको हो । उनले भने ‘विश्व शान्ति पदयात्रा तथा बोधि मार्ग दर्शन/भगवान मार्ग/मैत्री धर्म पूजा पाठ प्रार्थना कार्यक्रमको सबै तयारी अन्तिम चरणमा रहेको जानकारी गराउँदछौं ।’

उक्त कार्यक्रममा नेपालसँगै चीन, भारत, अमेरिका, युरोप, थाइल्याण्ड, रसिया, कोरिया, जापान लगायत दर्जनौं देशका हजारौं भक्तजनहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : २१ बजे