Logo

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा पानीपोखरीमा


२२ फाल्गुन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएकोे हो ।

यो शाखा गरी बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।

हाल बैंकको २७० शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६८ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ३२ बजे