काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच अहिले बालुवाटरमा छलफल जारी छ ।
कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाउन नेताहरू सहमत भएका छन् ।
प्रतिक्रिया