Logo

Breaking News 1

ट्वान्टी–२० क्रिकेट शृंखला : नेपालले आज नामिबियासँग खेल्दै


१५ फाल्गुन २०८०, मंगलबार  

138
Shares

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले आज नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो ।

शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् । आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ४८ बजे