Logo

समाचार

हत्या आरोपमा बझाङका जयबहादुर पक्राउ


१४ फाल्गुन २०८०, सोमबार  

92
Shares

काठमाडौँ । बझाङमा हत्या गरेको आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जयपृथ्बी नगरपालिका–७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय रामप्रसाद जोशीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय जयबहादुर हमाललाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादक पदार्थ सेवनगरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको थियो । घटनाबारे प्रहरीलाई जानकारी भएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालयले जनाएको छ ।  साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : ०२ बजे