Logo

समाचार

झन्डै ३० बिघा सरकारी जग्गा ‘किर्ते’, १७२ जनाविरुद्ध मुद्दा


१३ फाल्गुन २०८०, आइतबार  

184
Shares

काठमाडौं । झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।

दमक नगरपालिका–१३ र १४ कायम भएको बालुवाटारका नौ कित्तामा रहेको २९ बिघा १७ कट्ठा चार धुर जग्गा व्यक्तिका नाममा सारिएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : ३२ बजे