Logo

मनोरञ्जन

‘क्वीन’ रिलिजको दश वर्षपछि ‘क्वीन २’


१२ फाल्गुन २०८०, शनिबार  

138
Shares

काठमाडौं । दश वर्षअघि बक्सअफिसमा हिट साबित भएको फिल्म ‘क्वीन’को सिक्वेल आउने भएको छ । अभिनेत्री कंगना रनावत एकपटक पुनः ‘क्वीन’ का रुपमा दर्शकमाझ आउन लागेकी हुन् ।

निर्देशक विकास बहलका अनुसार ‘क्वीन २’को स्क्रिप्ट लक भइसकेको छ । सन् २०१४ मा रिलिज फिल्म ‘क्वीन’ बक्सअफिसमा हिट साबित मात्र भएन, यसले राम्रो समीक्षा र दर्शकको माया पनि उत्तिकै पाएको थियो । बिना विवाह एक्लै हनिमुनमा जाने युवतीको कथा समेटिएको फिल्मले धेरैको मन जितेको थियो ।

गत वर्षमात्र निर्देशक बहलले आफूले ‘क्वीन’को सिक्वेलमा काम गरिरहेको स्वीकारेका थिए । ‘क्वीनले स्तरलाई निकै माथि पु¥याइदियो । तर मलाई यो भन्दा खुशी लागेको छ कि मैले वास्तवमै कथा पुरा गरे । यसकारण अब सिक्वेल बन्ने निश्चित नै भएको छ’, बहलले भनेका छन् ।

आउँदो मार्च महिना बहलका लागि विशेष छ । त्यो किनपनि भने फिल्म टिमले ‘क्वीन’ रिलिज भएको मार्च ७ तारिखमा १० औं वर्षगाँठ मनाउँदैछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ११ : ०८ बजे