Logo

खेलकुद

दोस्रो उपत्यकाव्यापी कराते आजदेखि


१२ फाल्गुन २०८०, शनिबार  

115
Shares

काठमाडौं । दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ ।

प्रयागपोखरी डोजोका आयोजनामा ललितपुरमा आजदेखि सुरु हुने प्रतियोगितामा पुरुष÷महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी दिए ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुनेछ ।

२०६७ सालमा पहिलो संस्करण भएपछि यो वर्ष उपत्यकाव्यापी करातेको दोस्रो संस्करण हुन लागेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : ३१ बजे