Logo

मौसम

काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा


१० फाल्गुन २०८०, बिहिबार  

184
Shares

काठमाडौं । हिउँद बित्न लाग्दा काठमाडौंमा बिहीबार छिटपुट वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको मौसम विभागले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ ।

काठमाडौंसहित अहिले बागमती, गण्डकी, कणर्ाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । बिहीबार विहानैदेखि मौसम प्रतिकूल रहँदा आन्तरिक वायुसेवाको उडान तालिका प्रभावित भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ५३ बजे