Logo

समाचार

कोरियन संस्थाले नेपालमा स्मार्ट खेती गर्ने


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । नेपालमा कोरियन प्रविधिको प्रयोग गरेर जडिबुटी खेती र प्रशोधन गरिने भएको छ । कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थाले नेपालमा प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट खेती सुरु गर्ने तयारी पनि गरिरहेको छ ।

बिहीबार काठमाडौंमा आयोजित दोस्रो एसिया वायो नेटवर्क फोरमको कार्यक्रममा कोरियन कृषिजन्य जैविक क्लस्टर संस्थासँग नेपालमा स्मार्ट खेतीका लागि सहकार्य हुने साख स्टिलका निर्देशक किरण साखले जानकारी दिए ।

नेपाल र कोरियन प्रविधिको आदनप्रदान गर्ने स्मार्ट फार्मिङमार्फत नेपाली हर्बललाई विश्वमा विस्तार गर्ने संस्थाको तयारी रहेको साखले जानकारी दिए । खेतीको प्रक्रिया संस्थाले नै सिकाउने र खरिद संस्थाले नै गरेर लैजाने योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  २ : ०६ बजे