Logo

Breaking News 1

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नामिबियासँग नेपालको दोस्रो हार



काठमाडौं । नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध लगातार दोस्रो जित निकालेको छ । जारी शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाले बुधबार घरेलु टिमलाई दुई विकेटले हराएको हो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

योसँगै लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपालले नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको छ । यसअघि शृंखलाको पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ३ : १४ बजे