Logo

समाचार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १० : ४३ बजे