Logo

Breaking News 1

ललितानिवास क्षेत्रमा व्यक्ति, कम्पनी र संघसंस्था एक साताभित्र खाली गर्नू : महानगर



काठमाडौं । महानगरपालिकाले ललिता निवास क्षेत्रमा एक साताभित्र खाली गर्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न एक सूचना जारी गरेकाे छ ।

महानगरले जारी गरेकाे सूचनामा भनिएकाे छ ‘यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ ।’ सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य महानगरपालिकाको भएको पनि महानगरले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ०८ बजे