Logo

विश्व

अमेरिकी एडल्ट फिल्म स्टार काग्नीले गरिन् आत्महत्या


८ फाल्गुन २०८०, मंगलबार  

437
Shares

लसएन्जल्स । अमेरिकी एडल्ट फिल्म स्टार काग्नी लिन कार्टरले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी छन् ।

उनी केही समयदेखि मानसिक स्वास्थ्यको समस्यामा जुधिरहेकी थिइन् । पहरीका अनुसार मेडिकल टिमले उनको शव पर्मा सहरको एक घरमा भेट्टाएको थियो ।

शवको अवस्था हेरेपछि प्रहरीले काग्नीले आत्महत्या गरेको हुनसक्ने आँकलन गरेको छ । गोफण्डमी पेजनले काग्नीलाई उनको सुन्दरता, नृत्य र गीतका लागि सम्झेको छ । पेजमा उनका दुई साथीले लेखेका छन्, ‘काग्नी निकै दयालु र उदार थिइन् । उनले आफूसँग एक उज्यालो लिएर आएकी थिइन् ।’

द फन्ड्रेसिङ पेजले ‘आफ्नो तमाम प्रभावशाली उपलब्धिहरु र प्रतिभाहरुका बाबजुद जसो–जसो वर्षहरु बित्दै गए, काग्नी मानसिक स्वास्थ्य सम्बन्धी समस्यासँग जुध्दै गइन्’ भनी लेखेको छ ।

काग्नीले सन् २००० पछि देखि नै एडल्ट फिल्म उद्योगमा सक्रियता बढाएकी थिइन् । उनले करियरको सुरुवात एक पोल स्टुडियोबाट गरेकी थिइन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : २६ बजे