Logo

राजनीति

माओवादीले बोलायो स्थायी समिति बैठक


८ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यायले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : ४१ बजे