Logo

राजनीति

देउवाले गरे कांग्रेस महासमिति बैठकको उदघाटन



ललितपुर । ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठकको उदघाटन गरिएको छ । गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठकको उदघाटन गरिएको हो । पार्टी सभापति शेर बहादुर देउवाले रुखमा पानी हालेर र पानसमा बत्ती बालेर बैठकको उदघाटन गरे ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ महासमिति बैठक सुरू भएको हो । फागुन १० गतेसम्म चल्ने कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले स्वागत गरेका छन् । उनले एकताबद्ध भएर कांग्रेसलाई सुदृढ बनाउन आब्हान गरेका छन् । उदघाटन समारोहमा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरे ।

कार्यक्रमस्थलमा देशभरबाट करिब २५ सय महासमिति सदस्यहरु उपस्थित छन् । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित बैठक शुरु भएको हो ।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन् । उपसभापति पूणर्बहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा प्रस्ताव पेस गर्नेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ०३ बजे