Logo

समाचार

बाँदरले बालीनाली नष्ट गरे राहतको व्यवस्था मिलाइएको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाडमा बाँदर र बँदेलले बालीनाली नष्ट गर्ने र तराईमा नीलगाईले नष्ट गरेमा सरकारले त्यसबापत राहत दिने व्यवस्था मिलाएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय निकुञ्ज र बफरजोन क्षेत्रका बासिन्दाको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले मुक्त कमलरी र सुकुम्वासी समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगमार्फत काम गरिरहेको बताउँदै हालसम्म १० लाख बढी निवेदन आएको बताए । यस्तै ४ हजार बढी भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा पाइसकेको उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ३५ बजे