Logo

राजनीति

पार्टी रुपान्तरणमा सुनिल शर्माको जोड, ‘नत्र कांग्रेसलाई गाह्रो छ’



काठमाडौं । कांग्रेसका प्रतिनिधि सभा सदस्य तथा महासमिति सदस्य सुनिलकुमार शर्माले पार्टीको रुपान्तरण र जनमुखी सरकार निर्माण गर्न स्पष्ट एजेण्डासहितको महासमितिको बैठकमा प्रस्ताव राख्ने बताएका छन् ।

कांग्रेस महासमिति बैठकका सन्दर्भमा पार्टीको रुपान्तरणका लागि अवधारणापत्र सार्वजनिकीकरणका लागि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको आधारभूत आवश्यकताका बारेमा महासमितिको बैठकमा छलफल हुनुपर्छ भन्ने आफ्नो प्रस्तावको मूल उद्देश्य रहेको बताए ।

यस्तै, कांग्रेसले आफ्नो नीतिमा प्रष्ट नराख्ने र सम्मिलित सरकारलाई सुशासन र जनमुखी नबनाउने हो भने आउने दिनहरु कठिन हुने उनले बताए ।

अप्राकृतिक गठबन्धनका कारण कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइरहेको जनगुनासो रहेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ०६ बजे