Logo

अर्थ

एक हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य


४ फाल्गुन २०८०, शुक्रबार  

138
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आज ३५ रूपैयाँले बढेको छ। आज चाँदी ५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ११ : २१ बजे