Logo

राजनीति

माओवादी प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रचण्डको घोषणा, चुनाव चिह्न र नाम नफेर्ने


३ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचन प्रणाली अवलंवन गर्ने भएको छ । ३ दिनदेखि जारी प्रथम विधान अधिवेशनको समापण गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने घोषणा गरेका हुन् ।

उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने भन्नेमा सबै एक ठाउँमा भएपनि पदाधिकारी नै पनि प्रत्यक्ष ढंगले सिधै चयन गर्ने भन्नेमा भने थप छलफल गर्नुपर्ने बताएका छन् ।

यस्तै माओवादीले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने निर्णय पनि गरेको छ । अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न (गोलाकारभित्र हँसिया हथौडा) यथावत रहने बताएका हुन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : ५६ बजे