Logo

खेलकुद

नवौं हेटौंडा भेट्रान्स फुटबल हुँदै


१ फाल्गुन २०८०, मंगलबार  

69
Shares

हेटौंडा । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो ।विजेताका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको प्रतियोगितामा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका कार्यबाहक अध्यक्ष नवराज बज्रचार्यले बताए ।प्रतियोगिता आगामी फागुन २२ गतेबाट हेटौंडा-४ स्थित हुप्रचौर मैदानमा हुने आयोजकले जनाएको छ ।

खेलमा ४५ वर्ष पुरा भएका खेलाडीहरुले सहभागिता जनाउन पाउनुका साथै टिम दुई जना खेलाडी अनिवार्य ५० वर्ष माथिको हुनुपर्ने कार्यक्रम संयोजक प्रशान्त पाख्रीनले बताए ।उनका अनुसार यसटपकको प्रतियोगितामा २२ वटा क्लबको सहभागिता रहने छ । प्रतियोगिताको आठौं संस्करणको विजेता एवीसी भेट्रान्स क्लब पोखरा थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ०२ बजे