काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले आईटी क्षेत्रभित्र भएको अनियमितताको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छिन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले आइटी क्षेत्र सबै आम जनताले नबुझ्ने विषय भएकाले त्यहाँ भित्र भएको अनियमितताको सुशासन पहिलो सर्त भन्दै भन्दै यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक छानविन गर्ने बताइन् ।
उनले एमडीएमएस र टेरामक्स सम्बन्धि दुर सञ्चार प्राधिकरणलाई पनि निर्देशन भएको र प्राधिकरणले कागजात मन्त्रालयलाई दिन ढिला गरेको कारण काममा ढिलाई भएको स्पष्ट पारिन् ।
‘एमडीएमएस र टेरामक्स सम्बन्धि दुर सञ्चार प्राधिकरणलाई पनि निर्देशन भएको र प्राधिकरणले कागजात आउन ढिला भएकाले केही दिन ढिला भएको कुरालाई गम्भीर रुपमा नलिन आग्रह गर्दछु । हाम्रो प्राविधिक प्रक्रियाले गर्दा यस्तो भएको हो’उनले भनिन् ।
प्रतिक्रिया