Logo

खेलकुद

सुशील कोइराला स्मृति दौड प्रतियोगितामा अमर र अंशु प्रथम



विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला फाउण्डेशनले दौड प्रतियोगिता आयोजना गरेको छ ।

सुशील कोइराला फाउण्डेशन विराटनगर र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पुरुषतर्फ अमर यादव प्रथम, याङ्देव राई द्वितीय र सुमित मेहता तृतीय भएका छन् ।

महिलातर्फ अंशु मण्डल प्रथम, तुलसा खतिवडा द्वितीय र रोशनी साहले तृतीय स्थान प्राप्त गरे । विराटनगरस्थित जनआन्दोलन चोकदेखि बरगाछीसम्म आयोजित दौड प्रतियोगिताका विजेताहरूलाई मेयर नागेश कोइराला र प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पुरस्कार र प्रमाणपत्र प्रदान गरे थिए ।

प्रतियोगितामा ४० जना खेलाडी सहभागी भएको कार्यक्रम संयोजक प्रकाश दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ४४ बजे