Logo

राजनीति

कहिलेकाहीं आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कुरा कहिलेकाही भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन उदघाटन गर्दै उनले बोल्दाबोल्दै हल खाली हुने गरेकाले पूरा भनाई भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन् ।

सभापति देउवाले भने,‘अहिले कस्तो अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ । कुरा पूरा सुनाउनैपर्यो, पूरा कुरा कहिलेकाहीं भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन् ।’

संघीय राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्वपूर्ण भएको भन्दै यसले देशैभरी राम्रो प्रभाव पार्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ०७ बजे