Logo

राजनीति

संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैंयौं कोणबाट प्रहारहरु भइरहेको भन्दै अस्वभावीक रुपमा नलिई संविधानमाथि प्रहारहरु कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए ।

संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरुबाट नै संविधानमाथि प्रहार हुने गरेको उनको भनाइ छ । संघर्षका दिनहरुलाई सुशासनलाई पार्टीले मन्त्र बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ३२ बजे