काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ ।
महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया