Logo

खेलकुद

कतार र इरान एसियन कपको सेमिफाइनलमा



काठमाडौं । साविक विजेता तथा एएफसी एसियन कप फुटबलको आयोजक कतार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।

खेलको पहिला हाफको २७ औँ मिनेटमा कतारका लागि युसुपोभले गोल गरेका थिए । उज्वेकिस्तानका हाम्रोबेकोभले ५९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । थप गरिएको समयमा समेत बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो ।

कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ ।

त्यस्तै, शनिबार नै इरानले जापानलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

खेलको २८ औँ मिनेटमा जापानका मोरिताले गोल गरेका थिए । दोश्रो हाफको ५५ औँ इरानका मोहेबीले बराबरी गोल फर्काए । अतिरिक्त समयमा इरानका जहानबक्सले थप एक गोल गर्दै टिमलाई जित दिलाए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ५६ बजे