Logo

राजनीति

गठबन्धनलाई जवाफ २०८४ मा : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतीक्षा रहेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने उनले बताए ।

उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिट्यान्स माथिको निर्भरता उचित नभएको भनाइ राखे । रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासय अरु केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभइ रेमिट्यान्सतर्फ अगाडि बढेको बताए ।

नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने ठाउँमा शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको आरोप पनि उनले लगाए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : १३ बजे