Logo

राजनीति

अब गैरसरकारी विधेयकहरुमा काम गर्छौ : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले आवश्यक कानुन निर्माणमा ध्यान नदिने हो भने रास्वपाले केही गैरसरकारी विधेयकहरुमा काम गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकको निर्णय सुनाउदैँ उनले देश रुपान्तरणको लागि आवश्यक विधेयक र कानूनमा काम नभएको भन्दै अबको अधिवेशनमा पार्टीले टुङ्गाउनुपर्ने मुख्य मुख्य कानुनहरुको सूची बनाउदैँ काम गर्ने बताए ।

यस्तै उनले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर न्याय सम्पादन हुनेगरि अगाडि टुङ्गाउने हिसाबमा काम गर्नुपर्ने बताए ।

बैठकपश्चात पार्टीका सहप्रवक्ता मनिष झाले पनि विगतको प्रश्तुति कस्तो रहेको थियो, कस्तो अपेक्षा गरिएको छ, चुनौतिहरु के छन् र कसरी आफूलाई प्रस्तुत गर्न चहान्छौ भन्ने विषयमा एकदमै गम्भीर छलफल भएको बताए ।

यस्तै, पार्टीको सचेतक निशा डाँगीले दुईवटा अधिवेशनको समीक्षा गर्दै आगामी दिनमा प्राइबेट बिलहरुमा पनि काम गर्ने हिसाबमा अगाडि बढ्ने छलफल भएको बताइन् । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : २९ बजे