पोखरा । आहारारा पोखरा गोल्डकपमा आज जावलाखेल युथ क्लब र थ्रीस्टार क्लब खेल्दैछन् । २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार आमनेसामने हुन लागेका हुन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार र जावलाखेल आहारारामा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् ।
२०६८ सालको क्वार्टरफाइनलमा यी दुई टोलीले पहिलोपटक मैदान साटेका थिए । पहिलो पटक सहभागी जावलाखेलले थ्रीस्टारलाई ३–१ ले पराजित गर्दै फाइनलसम्मको यात्रा गर्न सफल भयो । लगत्तै ११औं संस्करणमा २०६९ सालमा सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक मैदान उत्रिए ।
थ्रीस्टारले २–१ गोल अन्तरले जावलाखेललाई पन्छ्याउदै अघिल्लो संस्करणको हारको बदला लियो । आजको तेस्रो भेटमा सफल एक टोलीले उपाधि यात्रा तय गर्नेछ । थ्रीस्टारले हालसम्म आहाराराको ५ पटक उपाधि रक्षा गरिसकेको छ । जावलाखेल भने अहिलेसम्म उपाधिविहिन छ ।
क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई हराउदै सेमिफाइनलमा पुगेको हो । जावलाखेलले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतिक्रिया