Logo

Breaking News 1

कोशीमा सिटौला विजयी



विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनले एमाले राप्रपा गठबन्धनबाट उमृेद्वार भएका उद्धव पौडेललाई पराजित गरे । २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् ।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरि सिटौलालाइए कोशीबाट उमेद्वार बनाइएको थियो ।

उनलाई प्रदेश सभा सदस्य मध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेश सभा सदस्य छन् । राप्रपा र एमालेको भने ४५ जना मात्रै छन् । एक जनाको मत भने बदर भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ३५ बजे