Logo

खेलकुद

प्रथम ल्होछार कप फुटबल हुने



मकवानपुर । तामाङहरुको महान पर्व सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता माघ २० गतेदेखि २७ गतेसम्म मकवानपुरको गढन सहिद स्मृति खेल मैदानमा आयोजना हुनेछ ।

नाङसाल युवा क्लबको आयोजना तथा बागमती गाउँपालिका वडा नम्बर ३ वडा कार्यलयको प्रायोजनमा हुन लागेको पहिलो ल्होछार कप खुला फुटबल प्रतियोगिता तामाङ भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको नाङसाल युवा क्लबका अध्यक्ष देव लामाले बताए ।

आयोजक नाङ्साल युवा क्लवलेसुचना जारी गर्दै समूह दर्ताको लागि आह्वान गरेको छ । समूह दर्ता शुल्क पाँच हजार लाग्ने छ भने दर्ता मिति माघ १६ गतेसम्म रहने जानकारी गराएको हो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार सँगै पहिलो ल्होछार कप पाउने आयोजकले जानकारी गराएको छ । त्यसैगरी, उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछ ।
आयोजकले माघ १८ गते खेल तालिका सार्वजनिक गर्ने जनाएको छ । विगत भन्दा फरक तरिकाले ल्होसार पर्वलाई मनाउने हेतु प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  २ : ३४ बजे