Logo

कोशी

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



विराटनगर । मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एकजनाको मृत्यु भएको छ ।

सिजुवातर्फ जाँदै गरेको प्रदेश १–०१–५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका–७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भइ मोटरसाइकल नालीमा पल्टँदा सिकिस्त घाइते भएका साहको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो ।

मोटरसाइकलको तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैबीच,बाक्लो हुस्सुका कारण सवारी सञ्चालनमा कठिनाइ भइरहेको भन्दै प्रहरीले सवारी साधन चलाउँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १२ : ५७ बजे