Logo

कोशी

इलाम गोल्डकपः आज अन्तिम क्वार्टरफाइनल खेल



विराटनगर । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा आज मंगलबार अन्तिम क्वार्टरफाइनल हुँदैछ ।

प्रतियोगिताको अन्तिम चार समूहमा छनोट हुने लक्ष्यसाथ आजको खेलमा पाँचथर युुवा क्लब र बुटबलको लुम्बिनी युवा क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि हिजो भएको खेलमा विजयी बन्दै न्युरोड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरिसकेको छ ।

यस्तै, झापाको बिर्तामोड युनाइटेड एफसी र आयोजक रेडहर्स सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको विजेताले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक र एनआरटीको सेमिफाइनल भिडन्त भोलि हुनेछ ।

माघ १३ गते हुने फाइनलको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता छ ।

नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा सहभागी छन् ।

यसैगरी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी छन् ।

यस्तै, उपबिजेताले तीन लाख रुपैयाँ पाउने जनाइएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ४३ बजे